हालसालैका हप्ताहरूमा, चीनमा मास्क लगाएका मानिसहरूले भरिएका अस्पतालहरूका दृश्यहरूले सामाजिक सञ्जालमा एक किसिमको त्रास सिर्जना गरेको छ, जसले अर्को महामारीको चिन्ता फैलाएको छ।
बेइजिङले त्यसबेलादेखि विशेष गरी बालबालिकाहरूमा फ्लू-जस्तो मानव मेटान्यूमोभाइरस (HMPV- human meta pneumo virus) को घटनामा वृद्धि भएको स्वीकार गरेको छ, र यसले मौसमी स्पाइकलाई श्रेय दिएको छ। तर HMPV Covid-19 जस्तो होइन, जनस्वास्थ्य विज्ञहरूले भनेका छन् कि भाइरस दशकौंदेखि रहेको छ, लगभग हरेक बच्चालाई उनीहरूको पाँचौं जन्मदिनमा संक्रमित भएको छ। यद्यपि, केही साना बालबालिका र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूमा यसले थप गम्भीर रोग निम्त्याउन सक्छ। वृद्धहरूमा पनि इम्युनिटी कमजोर हुनेहरूमा यो रोग फैलन सक्छ र गम्भीर समस्या बनाउन सक्छ। नयाँ वर्ष २०२५ को सुरुवातसँगै यो एचएमपीभी भाइरस चाइनामा व्यापक रुपमा फैलिएर त्रास सिर्जना गरेको छ। हाल इन्डियामा पनि कर्नाटकमा आठ वर्षको बालकमा यो रोग देखिएको छ साथै तामिलनाडु तिर पनि यो रोग देखिएको छ। बिस्तारै यस रोगले पान्डेमिक रूप लिने सम्भावना देखिन्छ र नेपालमा पनि यो रोग आउन सक्ने भएकोले हामी प्रत्येक जना सजग भई रहनुपर्ने देखिन्छ।
यस रोगका लक्षणहरू खोकी लाग्ने,रुगा लाग्ने,घाँटी दुख्ने, टाउको दुख्ने, सास फेर्न अप्ठ्यारो हुने, हातखुट्टा शरीर करकर दुख्ने इत्यादि हुँदछ। बिस्तारै लक्षण बढ्दै गएर प्रतिरक्षा प्रणाली कमजोर बनाई गम्भीर समस्या निम्त्याउने र मृत्यु हुन पनि सक्दछ। प्रतिरक्षा प्रणाली कमजोर भएका बालबालिका तथा वृद्धहरूमा यो रोग चाँडो फैलिन सक्दछ।
यो रोग हाछिउ गर्दा, खोक्दा, रोगीको नजिक सम्पर्कमा आउँदा, हात मिलाउँदा उसले चलाएको लता कपडा सामान चलाउँदा, यो रोग सर्ने सम्भावना हुँदछ।
यो रोग भाइरल समस्या भएकोले यसको कुनै निश्चित औषधि हुँदैन चिन्हलक्षण अनुसारको औषधिहरू चिकित्सकलाई जंचाएर खान सकिन्छ। प्रशस्त मात्रामा झोलिलो कुरा खाने, चिसोबाट बच्ने तागतको भिटामिन युक्त खानेकुरा खाने सरसफाई गरेर एकअर्कामा दूरी कायम गरेर बस्ने गरेमा यो रोगबाट बच्न सकिन्छ।



No comments:
Post a Comment